काभा पुरुष भलिबल: अफगानिस्तानसँग नेपाल पराजित
२०८२ कार्तिक ९ गते

काठमाडौँ । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ ।
ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो ।
अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ ले पराजित भएको हो ।
चौथो खेलमा नेपालको यो तेस्रो हार हो । नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै पहिलो जित हासिल गरको थियो । त्यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तान र बङ्गलादेशसँग पराजित भएको थियो ।
२०८२ कार्तिक ९ गते
प्रतिक्रिया
सम्बन्धित








