आजदेखि थाई एशियाको भैरहवा-बैंकक उडान सुरु

भैरहवा (रुपन्देही) । थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि पुनःसुरु गरेको छ ।

आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ः०० बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

उनका अनुसार एयरलाइनले बैंकक–भैरहवा–बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ । एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =