भक्तपुरमा धानबाली भित्र्याउने चटारो

काठमाडौँ । तिहार सकिएलगत्तै भक्तपुरका किसान धानबाली भित्र्याउने चटारोमा छन् ।

शुक्रवार दिउँसो भक्तपुरस्थित ठिमी बोडेको धानबारीमा भेटिएका उनीहरूले आफूहरू बाली भित्र्याउने काममा व्यस्त रहेको बताएका हुन् । ठिमीकी सुनिता कोजुले खेतीबाली भित्र्याउने काममा आफूहरू व्यस्त रहेको बताए ।

उनले सरकारले किसानहरूलाई खेतीवालीका लागि मल र बीउ सहज ढंगले उपलब्ध गराउन नसकेको गुनासो गरे ।

सुनिता कोजुले भने ‘अब खेती गर्नका लागि मलको भाउ कम हुनुपर्यो । मल, बिउको समयमै व्यवस्था हुनुपर्यो । त्यसो भयो भने मात्रै खेती गर्न सहज हुन्छ ।’

यता बोडेका रामसुन्दर माखुले खेतीबालीका लागि मलको अभाव हुने गरेको गुनासो गरे । उनले धानवाली भक्तपुरमा राम्रो हुने भएपनि मल र बिउको अभावमा सोचेजस्तो उत्पादन गर्न आफूहरू सक्षम नभएको पनि बताए ।

माखुले भने ‘यो दशैं अगाडि धान काट्न सुरु हुन्छ । त्यही बेलादेखि आलु रोप्ने काम पनि सुरु हुन्छ । धानबालीको हेरचाह हामी आफैँ गर्छौँ । मल बेलामा पाइँदैन । पैसा तिरेर पनि मल नपाउने समस्या छ ।’

भक्तपुरमा जेठको अन्तिम सातादेखि धान रोप्ने काम सुरु हुन्छ । असोजको अन्त्यबाट भने सो बाली भित्र्याउने काम सुरु हुने स्थानीय किसानले बताए । बोडेका स्थानीय किसान माखुले खेतीबालीका लागि उन्नतस्तरको बीउबिजनको पनि अभाव रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =