मृतक र घाइतेका परिवार भन्छन्: शहीदको सपना तुहिने स्थिति भयो

काठमाडौँ । अन्तरिम सरकार जेनजीका उद्देश्य पूरा गर्न नलागेको जेनजी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरूले आरोप लगाएका छन् ।

बिहीबार काठमाडौँको माइतीघर मण्डलामा दबाबमूलक कार्यक्रम आयोजना गर्दै उनीहरूले यस्तो आरोप लगाएका हुन् ।

दबाबमूलक कार्यक्रमका माइतीघर पुगेका जेनजी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन—जीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाइते, शहीद परिवार तथा जेन जीहरूको सामूहिक दबाब कार्यक्रम आयोजना गरेको बताए ।

शहीदहरूको उद्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाए । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गरे । सरकारको ध्यानाकर्षण शहीदहरूको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उनको भनाइ छ । अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उनको माग छ ।

उनले भने ‘आज हामीले देशभरका जेन जीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाइते, शहीद परिवार तथा जेन जीहरूको सामूहिक दबाब कार्यक्रम आयोजना गरेका हौँ । यसमा सांस्कृतिक कार्यक्रम, नाटकहरू छ । यसको उद्देश्य भनेको शहीदहरूले जुन लक्ष्यका लागि रगत बगाएका थिए, रगत बगाएको एजेण्डा सरकारले पूरा गर्नतिर लागोस् । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ । त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ । यो कार्यक्रम निरन्तर अघि बढिरहनेछ । दबाबसहितको कार्यक्रम सिर्जना गरेका छौँ । यो सरकारको ध्यानाकर्षण शहीदहरूको सपना पूरा गर्नेतिर लागोस् । यो सरकार जेन जीको भावनाअनुरुप चलेको छैन । सुशासन, भ्रष्टाचार नियन्त्रण भएको छैन । त्यसैले सडकमा आउनुपरेको हो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही होस् । संविधान संशोधन हुनुपर्छ । प्रत्यक्ष कार्यकारीमा जानुपर्छ ।’

माईतीघरमा जेन—जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिर राखेर भाइटिकाको दिन माल्यार्पण गरेका छन् । साथै सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =