‘शहीदको नाममा स्वार्थको खेल नहोस्’ भन्दै भाइटिकाको दिन सडकमा आए जेनजी युनाइटेड
२०८२ कार्तिक ६ गते

काठमाडौँ । जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा श्रद्धासुमनसहित भाइटिका कार्यक्रम गरेका छन् ।
उनीहरूले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन् ।
जेनजी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताए । काठमाडौँको माइतीघर मण्डलामा भेला भई जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुलै रगतले लेखिएको इतिहास अब खेर नजाओस्, शहीदको नाममा स्वार्थको खेल नहोस्, शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्तै प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले माइतीघर मण्डलामा नेपाली झन्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
२०८२ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित








