नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार गर्ने ३ जना पक्राउ

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

सोमबार साँझ आफ्नो घर जाँदै गरेका महानिर्देशक अधिकारीलाई सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका थिए ।

त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गर्यो ।

गए राति र आज बिहान बुधवार उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

पक्राउ पर्नेहरूमा सर्लाही घर भएका ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका करिब ३७ वर्षका कोकिल बहादुर शाही रहेका छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =