मिथिलामा गरियो लक्ष्मी पूजा

काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुको प्रमुख पर्वहरूमध्ये एक दीपावली आज लक्ष्मीको पूजाआज गरी मनाइँदै छ । दीपावली अर्थात् प्रकाशको पर्व । मिथिलाञ्चलमा यस पर्वको विशिष्ट महत्त्व रहेको छ । दीपावली पर्वको अवसरमा मधेसको राजधानी जनकपुरधामलाई झकिझकाव पारिएको छ । नगरभर विद्युतीय झिलिमिली बत्तीले सजाइएको छ । यसका साथै घर घरमा लक्ष्मी पूजाको तयारी गरिएको छ ।

मिथिलाञ्चलमा कात्तिक अमावस्याका राति माता लक्ष्मीको पूजा आराधना गरी छिमेकमा प्रसाद वितरण गर्ने गर्छन् ।

धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार दीपावलीकै दिन भगवान् राम १४ वर्षको वनवास पूरा गरेर अयोध्या फर्केका थिए । भगवान् रामको आगमनको उल्लासमा अयोध्यावासीले घ्युको दियो बालेका थिए । कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा सो दियोहरूको प्रकाशले पूरै अयोध्या झिलिमिली भएको थियो । सोही दिनबाट यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =