पूर्वमन्त्री दीपक खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि मात्र फर्किनु भएको हो: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किनुभएको दाबी गरेका छन् ।

सिंहदरबारमा सोमवार पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताए । आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ ।

उनी भन्छन्, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थल मार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो ? उहाँलाई सोध्नुप¥यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तरवार्ता छापिएपछि आउनुभयो नी उहाँ त ।’

गृहमन्त्री अर्यालले आइतबार सञ्चारमाध्यममा पूर्वमन्त्री खड्का नेपाल छाडेर भागेको र केही नेता भाग्ने क्रममा रहको अन्तर्वार्ता दिएका थिए । सोमवार पूर्वमन्त्री खड्काले आफ्नै घरमा पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेपछि गृहमन्त्री विवादमा मुछिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =