गुटबन्दी अन्त्य गरौं, विचारको राजनीति गरौं : चन्द्र भण्डारी
२०८२ कार्तिक २ गते

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी विचारमा आधारित बहस सुरु गर्नुपर्नेमा जोड दिएका छन् । उनले आसन्न महाधिवेशनलाई विगतका कमीकमजोरी सुधार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भण्डारीले कवितात्मक शैलीमा भने, ‘अब महाधिवेशनमा जानु पर्दछ, विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै, विचारका दुकान खोल्नु पर्दछ !’ उनले अब नाटक नचल्ने भन्दै नेतृत्वलाई कसीमा उत्रन आह्वान गरेका छन् ।
भण्डारीले अलमल गर्ने समय नभएको र हात परेको खरानी अब सफा गर्नै पर्ने उल्लेख गरेका छन् । उनको यो अभिव्यक्ति कांग्रेसभित्र नयाँ विचार र नेतृत्वको खोजी भइरहेका बेला आएको छ ।
२०८२ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित








