मण्डलामा कार्तिक १८ देखि नाटक ‘मिलारेपा’ मञ्चन हुँदै

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मिलारेपा’ को मञ्चन हुने भएको छ ।

यो नाटक ११औँ शताब्दीमा तिब्बतमा जन्मिएका सिद्ध कवि तथा बौद्ध धर्मका महान् योगी मिलारेपाको जीवनकथामा आधारित रहेको छ । यस नाटकले एक साधारण मानिसको आत्मरूपान्तरणको अद्भुत यात्रा प्रस्तुत गर्ने निर्माण टिमले बताएको छ ।

निर्माण टिमका अनुसार नाटकले पापबाट पश्चात्ताप हुँदै ज्ञान प्राप्तिको शिखरसम्मको आध्यात्मिक यात्रालाई गहिरो रूपमा उजागर गर्दछ । प्रतिशोध, आफ्ना गल्तीहरूको आत्मसमीक्षा, कठोर तपस्या र साधनाद्वारा ज्ञान प्राप्त गरेको मिलारेपाको जीवनकथा मार्फत नाटकले पापकर्मका परिणाम, पश्चात्ताप र रूपान्तरणका गहिरा भावनात्मक पक्षहरूलाई नाटकीय रूपले चित्रित गर्ने बताइएको छ ।

यस नाटकका परिकल्पनाकार तथा निर्देशक बुद्धि तामाङ र उमेश तामाङ हुन् । जसलाई रविन तामाङले नाट्य रूपान्तरण गरेका छन् । यही आउँदो कार्तिक १८ गतेदेखि मञ्चनको तयारीमा रहेको नाटक ‘मिलारेपा’ मंसिर २१ गतेसम्म मञ्चन हुनेछ ।

नाटक सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । साथै शनिवार दिउँसो १ बजे पनि अतिरिक्त शो रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =