जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले जनस्वराज पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रवार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

जनमत पार्टीलाई फुटाएर दीपक साहले जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

आयोगले पनि यही असोज २८ गते जनस्वराज पार्टी दर्ता गर्ने निर्णय गरेको थियो ।

त्यसपश्चात पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर लिएर दल विभाजन गरिएको भन्दै अध्यक्ष राउतले रिट दायर गरे ।

इजलासले दुवै पक्षलाई कात्तिक १७ गते छलफलका लागि पेसी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =