सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआसँग विरुद्धको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको टसमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

आजको खेल जितेमा नेपाल अपराजित रहँदै उत्त प्रतियोगिताको च्याम्पियन बन्नेछ । छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो । यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन ।

नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =