एमाले केन्द्रिय कमिटी बैठक

दुई दिनमा १ सय ८४ एमाले नेताले राखे धारणा, संसद पुनःस्थापना एकमात्र विकल्प

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।

बुधवारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए । दुई दिनमा कुल १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनकाअनुसार केन्द्रिय समितिका ३ सय ६७ जना केन्द्रिय सदस्यहरु रहेकोमा १ सय ८४ जना केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राखेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राख्नुभएको बताए ।

प्रश्तुत रायहरुमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पु¥याउनुपर्ने विषय उठेको बताए ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए ।

सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए ।

निर्वाचनमा भाग नै नलिने कुरा एमालेले नगरेको भन्दै निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताए । सरकारले राजनीतिक दलहरुलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरुमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको बताए ।

उनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई बोलाएर छलफल अहिलेसम्म पनि नगर्नुभएको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताका बारेमा पनि बैठकमा राय आएको बताए । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको भएका घटनाको वस्तुनिष्ठ छानविन गरी दोषीउपर कारबाही गर्न माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 10 =