यस्तो छ गतिशील लोकतान्त्रिक पार्टीको अवधारणा पत्र (पूर्णपाठसहित)
गतिशीलको अवधारणा पत्रमा इमानदार राजनीतिसँगै रोजगार, कृषि, पर्यटन, शिक्षा केन्द्रित कार्यक्रमसँगै स्थानीय सरकारलाई बढवा

काठमाडौँ । निर्वाचन आयोगमा गतिशील लोकतान्त्रिक पार्टी दर्ता भएको छ ।
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको नेतृत्वमा खोलिएको यो पार्टी बिहीबार आयोगमा दर्ता भएको हो ।
पार्टीले दिगो रोजगारीलाई मुख्य प्राथमिकता दिँदै आफ्नो अवधारणा पत्र पनि सार्वजनिक गरेको छ ।
पार्टीले आफ्नो आन्तरिक र देशकै मार्गचित्र पनि अवधारणा पत्रमा उल्लेख गरेको छ । पार्टीले मन्त्री प्रधानमन्त्री लगायतका सार्वजनिक पदमा दुई पटक भन्दा बढी प्रतिनिधित्व गर्ने नपाइने नीति लिएको छ । २० प्रतिशत भन्दा कम मत पाए सरकारमा समेत सामेल नहुने पार्टीको अवधारणा छ ।
पार्टीले राजनीतिलाई पूर्ण कालिन पेसामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढवा दिने पार्टीको अवधारणा रहेको छ । पार्टी आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनताहरू हुने उल्लेख छ ।
उनीहरूबाट प्राप्त रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा गर्ने पार्टीको हरहिसाबमा पूर्ण पारदर्शिता अपनाउने उल्लेख छ ।
यस्तो छ अवधारणा पत्र








