सरकारले निर्वाचन गराउने जोस र जाँगर देखाएको छैन: मीन विश्वकर्मा

काठमाडौँ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले निर्वाचन गराउने जोस र जाँगर देखाउन नसकेको टिप्पणी गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचन आयोग र राष्ट्रपतिबाट दलहरूलाई बोलाएर गरिएको परामर्शमा मुख्य दलहरूले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाए पनि सरकारले शान्ति, सुरक्षा र निष्पक्ष वातावरण निर्माणमा आवश्यक चासो नदेखाएको उनको आरोप छ ।

उनले मुख्य दलहरू निर्वाचनमा भाग लिन तयार भएपनि विद्यमान राजनीतिक र कानुनी विषयहरू किनारा लाग्नुपर्ने बताए । उनले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको निर्णय कुरेर मात्र निर्वाचनमा सहभागी हुने संकेत गरे । संविधानलाई मूल बाटोमा ल्याउने एकमात्र उपाय निर्वाचन भएको पनि उनको भनाइ छ ।

उनले भने ‘सरकार एकातिर निर्वाचन गर्नको लागि गठन भएको छ । तर सरकार निर्वाचन गर्ने कुनैपनि जोस, जाँगर र चाल देखाइरहेको छैन । यो बीचमा निर्वाचन आयोग र सम्माननीय राष्ट्रपतिज्यूबाट दलहरूलाई बोलाएर मुलुकको यो विषम परिस्थितिमा हामी निर्वाचन गराउनको लागि तयार छौँ । दलहरूले निर्वाचनलाई कसरी हेरेका छन् रु र कसो गर्यो भने निर्वाचन सम्पन्न हुन्छ भन्ने बारेमा परामर्श गर्नुभयो । आज निर्वाचन आयोगले समेत सबै दलहरूलाई बोलाएर हामी निर्वाचन गर्छौ यहाँहरूले सहयोग गर्नु¥यो भनेपछि हामी वर्तमान परिस्थितिको बारेमा आयोगका कायममुकायम आयुक्त र आयुक्तज्युहरुसँग साझा ढंगले प्रस्तुत गयौँ । मुख्य दलहरूको एउटै धारणा रह्यो कि अहिले निर्वाचनमा हामी भाग लिन्छौँ तर निर्वाचनमा भाग लिने भनेको प्रविधि क विषय होइन । यो राजनीतिक र कानुनी विषय हो । एउटातिर कानुनी विषय अदालतमा छ । अहिले साथीहरूले सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भयो भनेर रिट हाल्नुभएको छ । त्यसबारे सर्वोच्च अदालतले दिने विषयमा पनि हामी प्रतीक्षा गर्छौँ । बाटो बिराएको संविधानलाई बाटोमा फर्काउने उपाय निर्वाचन नै हो भनेर नेपाली काँग्रेसले भनिसकेको छ । त्यसकारण हामी निर्वाचन भाग लिन्छौँ । तर निर्वाचनमा भाग लिनको लागि सरकारले गर्नुपर्ने शान्तीसुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको लागि अहिले जे भइराखेको छ र सरकारको जे चाल छ त्यो ठिकठाक छैन ।’

निर्वाचन सम्पन्न गर्नको लागि सरकारले गर्नुपर्ने शान्ति सुरक्षा, भयरहित वातावरण निर्माण र निष्पक्षता कायम गर्नको ठोस काम गर्न नसकिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =