जनस्वराज पार्टी मधेस प्रदेशमा तटस्थ बस्ने

काठमाडौँ । जनस्वराज पार्टी मधेस प्रदेशमा तत्काल तटस्थ बस्ने भएको छ ।

जनमत पार्टी छोडेर नवगठित जनस्वराज पार्टीमा लागेका मधेस प्रदेशका निः वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले तत्काल तटस्थ बस्ने बताएका हुन् ।

जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निः वर्तमान मुख्यमन्त्री सिंहले अहिले आफ्नो दल तटस्थमा बस्ने जानकारी दिए । अहिले सनाखत पक्रिया चलिरहेको समयमा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा आफूहरू नरहेको बताए ।

सिंहले आफूहरू अहिले तत्काल कुनै पक्षमा नरहेपनि रचनात्मक भूमिका खेल्ने कुनैपनि पक्षलाई समर्थन जनाउन आफूहरू तयार रहेको बताए । साथै आफ्नो कार्यकालमा भएका कामहरूको फेहरिस्त सुनाउँदै युवाहरूमा देखिएको आक्रोश र उनीहरूको अपेक्षा पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने सुझाव समेत दिए ।

निः वर्तमान मुख्यमन्त्री सिंहसँगै प्रदेश सभा सदस्य त्रिभुवन साहले जनस्वराज पार्टीको पक्षमा बुधवार सनाखत गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =