क्यानलाई प्रधानमन्त्रीको निर्देशन: कर्मचारीहरूलाई थप सुविधा दिएर भएपनि सेवालाई निरन्तरता दिनू

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई कर्मचारीहरूलाई सुविधाजनक काममा लगाएर भएपनि सेवा निरन्तर राख्न निर्देशन दिएकी छन् ।

बिहीबार क्यान बोर्डसँगको छलफल प्रधानमन्त्रीले सो निर्देशन दिएको क्यानकी बोर्ड सदस्य रोशन चित्रकारले जानकारी दिए ।

उनकाअनुसार बैठकमा जिल्ला अदालत काठमाडौँको भवनमा आगलागी भएको कारण कठिनाइ भएको भन्दै बबरमहलस्थित प्राधिकरणको कार्यालयबाट सेवा सञ्चालन गर्नेबारे पनि छलफल भएको छ ।

उनले भने ‘आजको बैठकमा समसामयिक घटनाक्रमको बारेमा छलफल भएको हो । आजको बोर्ड बैठकमा यो समयमा कर्मचारीले कसरी काम गर्ने रु कसले कहाँ कसरी मिलेर काम गर्न सकिन्छ भन्नेबारे नै छलफल भएको हो । सम्माननीय प्रधानमन्त्रीज्युले कर्मचारीलाई पायक पर्ने काममा लगाएर भएपनि काम गर्ने कुरामा निर्देशन दिनुभएको छ । काम बन्द नगर्न भन्नुभएको छ । अदालत भवन जलेर गाह्रो भएको कारण प्राधिकरणको पछाडिको ठाउँबाट काम गर्ने विषयमा पनि छलफल भयो ।’

अन्य विमानस्थलहरू सञ्चालन गर्नेबारे छलफल नभएको चित्रकारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =