एक सपना वास्तविकतामा परिणत भयो : रोहित पौडेल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकपमा छनोट भएपछि एक सपना वास्तविकतामा परिणत भएको बताएका छन् ।

उनले राष्ट्रको प्रतिनिधित्व गर्दै खेलाडीहरूको समर्पण, विश्वास र एकताको चर्चा गर्दै एक सपना वास्तविकतामा परिणत भएको बताएका हुन् ।

विश्वकपमा पुनः स्थान बनाएको नेपाली टिमको नेतृत्व गरेका पौडेलले सपनामा विश्वास गरेर यो उपलब्धि हासिल गरेको बताएका हुन् । ‘हामीले सपना देख्यौँ । हामीले विश्वास गर्‍यौँ । हामीले हासिल गर्‍यौँ’ उनले भनेका छन् ।

पौडेलले नेपाली क्रिकेट समर्थकहरूलाई धन्यवाद दिएका छन् । ‘विश्वास र समर्थन कायम राख्ने हरेक नेपालीको लागि, यो क्षण तपाईँहरूको हो’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =