सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस्: देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताएका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक मङ्गलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक भएका उनले पार्टी केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औँल्याएका हुन् ।

सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताए ।

उनले भने ‘सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ । तर स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

सभापति देउवाले देश र जनताको पक्षमा आफूले सकेको योगदान दिएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =