हमासको बन्धकमा रहेका विपिन जोशीको मृत्यु भएको पुष्टि

काठमाडौं । हमास समूहले इजरायली युद्धको क्रममा बन्धक बनाएका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ ।

बीबीसीले जनाएअनुसार, हमासको सैन्य शाखाले जोशीसहित चारजना बन्धकको शव इजरायललाई बुझाउने तयारी गरेको हो ।

बुझाउने तयारीमा रहेका अन्य तीन जना बन्धकहरूमा इ इलौज, योस्सी शराबी र डानियल पेरेत्स छन् । बीबीसीका अनुसार यी सबैको मृत्यु भइसकेको पुष्टि हमासले गरेको छ ।

यससँगै हमासले आजै २० जना जीवित बन्धकहरूलाई मुक्त गरेको जानकारीसमेत सार्वजनिक भएको छ । मृतकहरूको अवशेष हाल २८ जना सम्मको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =