पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेका छन् । सुन तस्करीमा संलग्न रहेको अभियोगमा उनलाई कारबाही अघि बढाइएको हो ।

सरकारी वकिलको कार्यालयले महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो असुलउपरको मागसहित तीन वर्षभन्दा बढी कैद सजायको मागदाबी गरेको छ ।

यसअघि महरालाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो । उनीमाथि संगठित सुन तस्करी र अवैध कारोबारमा संलग्न रहेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =