एकैदिन ३ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
२०८२ असोज २६ गते

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रति तोला रु ३ हजारले वृद्धि भएको छ भने चाँदीको मूल्य पनि प्रति तोला ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले उपलब्ध गराएको जानकारी अनुसार, गत शुक्रबार २ लाख ३५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज (आइतबार) बढेर प्रति तोला २ लाख ३८ हजार कायम भएको छ ।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । गत शुक्रबार प्रति तोला ३ हजार ८५ मा खरिद बिक्री भएको चाँदीको मूल्य आज ३ हजार १२५ पुगेको छ । सुन र चाँदी दुवैको मूल्यमा आएको यो उछालले लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्ने देखिन्छ ।
२०८२ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित








