शीतलनिवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच उच्चस्तरीय भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै सरोकारवालाहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । यसै सन्दर्भमा राष्ट्रपति पौडेलले शनिबार बिहान १० बजे शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण छलफल गर्ने भएका छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार यो छलफल निर्वाचन घोषणा भइसकेपछि पनि सरकार र राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था आएको भन्दै प्रधानमन्त्री कार्कीकै आग्रहमा आयोजना गरिएको हो । शुक्रबार राष्ट्रपति पौडेलले सरकार र विभिन्न राजनीतिक दलका प्रमुखहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा सक्रियताका साथ लाग्न आग्रह गरेका थिए ।

शनिबारको छलफलमा जेनजीका तर्फबाट सुदन गुरूङलगायत विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुने जानकारी एक जेनजी प्रतिनिधिले दिएका छन् । यस भेटघाटले विशेषगरी युवा वर्गलाई निर्वाचन प्रक्रियामा थप संलग्न गराउन र उनीहरूको आवाज सुन्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति पौडेलले दलहरूबीचको सहकार्य र सहमतिका लागि पहल गर्दै आएका छ न्। यस पटकको छलफलले निर्वाचनको तयारी, युवा सहभागिताका साथै समसामयिक राजनीतिक मुद्दाहरूमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =