राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाए
२०८२ असोज २४ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीका प्रतिनिधिहरूसँग भोलि बिहान ९ बजे छलफलका लागि बोलाएका छन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारी अनुसार, यस छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनेछन् ।
सरकारका प्रवक्ता जगदिश खरेलले पनि यो छलफलमा सरकारको सहभागिता रहने बताएका छन् ।
राष्ट्रपति पौडेलले आज विभिन्न दलका प्रतिनिधिहरूसँगको छलफलमा सहभागी भएर राजनीतिक वार्ता अघि बढाएका छन् ।
यसै क्रममा, उनले दलहरूलाई आगामी चुनावमा केन्द्रित हुन र सरकारसँग सहकार्य गर्न आह्वान गरेका छन् ।
आजको छलफलले सरकार र दलहरूबीचको संवादहीनतालाई तोड्ने कदमका रूपमा मूल्याङ्कन गरिएको छ । यसले सरकार र विपक्षी दलहरू बीचको दूरीलाई कम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
२०८२ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








