विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन् ।

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरे । उनले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनिराजनीतिक संकट कायम रहेको बताए ।

अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गरे । अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गरे ।

फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताए ।

उनले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =