ओलीको अहङ्कार अझै गएको रहेनछ : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकारकै कारण देशले ठुलो राजनीतिक सङ्कट भोग्नु परेको बताएका छन् ।

सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रचण्डले ओलीमा रहेको अहङ्कारकै कारण अहिलेको अवस्था आएको बताए । उनले वर्तमान परिस्थितिमा अहङ्कारको प्रभाव अझै कायम रहेको आरोप समेत लगाए । ‘हिजो सरकारको नेतृत्व गर्ने पार्टीका साथीहरूमा रहेको अहङ्कार अझै गएको छैन । यो देख्दा मलाई दुःख लागेको छ’ उनले भने ।

उनले जनताको भावना र देशको आवश्यकता भन्दा आफ्नो स्वार्थ र अहङ्कारलाई प्राथमिकता दिने प्रवृत्तिले देशमा राजनीतिक सङ्कट निम्त्याएको दाबी गरे ।

हिजो मात्रै ओलीले सरकारलाई चेतावनी दिँदै संसद् पुनः स्थापना गर्नुपर्ने र चुनावको विपक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 4 =