काठमाडौँ प्रशासनले रोक्यो युवा संघको मोटरसाइकल र्याली
२०८२ असोज २४ गते

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको मोटरसाइकल र्याली रोकेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले युवा संघले आयोजना गरेको र्याली रोक्ने निर्णय गरेको जानकारी दिए ।
युवा संघ नेपालले शनिवार देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले मोटरसाइकल र्याली निकाल्ने तयारी गरेको थियो । तर, प्रशासनले अनुमति दिएन् ।
प्रशासनले शनिवार विभिन्न समूहहरूले काठमाडौँका विभिन्न स्थानहरूमा र्याली र सभा गर्ने तयारी गरेका बारेमा सूचना प्राप्त भएको जानकारी दिएको छ ।
यी गतिविधिहरूले सुरक्षा चुनौती उत्पन्न गर्ने र नागरिकको सुरक्षामा थप जोखिम निम्त्याउने आशंकासहित प्रशासनले कार्यक्रमलाई स्वीकृति नदिने निर्णय गरेको हो ।

२०८२ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित








