पार्टीमा कुलमान र बालेन मिसिने हल्लाबीच रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । यसअघि असोज २२ गतेको बैठकको निरन्तरता अनुरुप आज सचिवालयको बैठक बस्न लागेको हो ।

पार्टीकाअनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान र सद्भाव यात्राको कार्यसूची लगायतका विषयमा छलफल गर्ने एजेण्डा छ ।

बिहीबारमात्रै रास्वपाको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भएको समाचारहरु आएका थिए तर, ती समाचारहरुमा कुनै सत्यता नभएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =