केपी ओली भेट्न गुण्डु पुगे सीके राउत

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबिच भेटवार्ता भएको छ ।

बिहीबार साँझ भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ७, गुण्डुमा ओली र राउतबिच भेटवार्ता भएको हो ।

राउत ओली भेट्न गुण्डु पुगेका थिए । भेटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन ।

तर, ओलीले संसद् विघटनविरुद्ध अदालत जाने विषयमा छलफल गरेको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =