डा.निकोलस भुसालले गाँजा खाने गरेको पुष्टि, सुधार केन्द्र पठाइयो

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने डा. निकोलस भुसालले लागूऔषध सेवन गर्ने गरेको पुष्टि भएको छ ।

उनले विशेष गरी गाँजा सेवन गर्ने गरेको पुष्टि भएको हो । भुसाल आज मात्रै आन्दोलन गर्न माइतीघर गएका थिए । उनलाई प्रहरीले माइतीघरमा प्रदर्शन गरिरहेका बेला पक्राउ गरेको थियो ।

पक्राउ गरेपछि उनको मेडिकल टेस्ट गरिएको बताइएको छ । उनले लागू औषध सेवन गरेर प्रदर्शनमा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले बताए ।

अहिले उनलाई सुधार केन्द्र पठाइएको उनले बताए । ‘उहाँको एक वर्ष पहिलेको पक्राउमा पनि यही रिपोर्ट आएको थियो, र आज पनि उस्तै रिपोर्ट आयो’ उनले भने ।

एसपी भट्टराईका अनुसार, निकोलसलाई उनका दाजुको जिम्मामा सुधार केन्द्र पठाइएको छ । ‘हामीले उनीलाई सुधार केन्द्रमा पठाएका छौँ,’ उनले भने ।

त्यस्तै, निकोलससँगै प्रदर्शनमा संलग्न रहेका अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रदर्शन र पक्राउमा सामेल भएका तीन जनाविरुद्ध थप अनुसन्धान भइरहेको र अन्य जानकारी पछि सार्वजनिक गरिने एसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =