संसद पुनः स्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनः स्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरू अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे । उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिए ।

असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरूलाई स्विकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाई थियो । उनले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताए ।

उनले भने, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढ्नेछ । अरु पार्टीहरू पनि यही बाटो अगाडि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन । त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरू त्यसलाई स्विकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्‍याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − eight =