कांग्रेसको पदाधिकारी बैठक सुरु, देउवा सहभागि भएनन्

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी रहेको बताइन् ।

बैठक दिउँसो १ बजेका लागि तय गरिएको भए तापनि आधा घण्टा ढिलो गरी सुरु भएको हो । यस बैठकको मुख्य एजेन्डा आगामी असोज २६ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा निर्धारण गर्ने रहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवालाई गत भदौ २४ गते जनमुखी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित उनको निवासबाट बाहिर निकालेर कुटपिट गरिएको थियो ।

कुटपिटबाट देउवालाई गहिरो चोट लागेको थियो र उनको गर्दनमा १२ वटा टाँका लगाइएको थियो । घाउ अझै पूर्ण रूपले निको नहुँदा देउवा आजको बैठकमा उपस्थित हुन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =