वर्तमान सरकारले चुनाव गराउँछ भन्नेकुरा भ्रम मात्रै हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताएका छन् ।

बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गरे ।

‘यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा पनि भ्रम मात्रै हो । किनकी सरकारले चुनावको वातावरण कुरामा कुनै प्रकारको पहलकदमी लिएको अनुभुति न नागरिकले गरेका छन् न नेपालका राजनीतिक दलहरुले गरेका छन् । न नेपालका सुरक्षा अंगले नै सरकार शान्ति सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिवद्ध छ भन्ने कुराको अनुभुति गर्न सकेका छन्’ उनले भने ।

उनले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गरे । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाए ।

महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =