दशैंपछि १५ हजारले बढ्यो सुनको भाउ, पुग्यो तोलामै २ लाख ३८ हजार
२०८२ असोज २२ गते

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा याँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको प्रभाव नेपालमा पनि परेको छ । यस दिन सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । दशैंयता मात्रै सुनको भाउ तोलामा करिब १५ हजार रुपैयाँले बढेको छ । दशैंअघि असोज १२ गते सुन प्रतितोला २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २९५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २९६० रुपैयाँमा कारोबार भएको थियो ।
२०८२ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








