टेकु दोभानमा एक जना मृत फेला

काठमाडौँ । काठमाडौँ महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा आज एकजना महिलाको शव फेला परेको छ ।

काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =