प्रोफेसर डा. पाण्डेद्वारा स्पोर्ट्स साइन्स रिसर्च सेन्टरका प्राविधिक प्रशिक्षित

काठमाडौं । प्रोफेसर डा. सिद्धार्थ विक्रम पाण्डेले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको प्राविधिकलाई आफ्नो अनभुव साट्दै प्रशिक्षण गराएका छन् ।
स्पोर्ट्स इन्जिनियरिङ र बायोमेनिक्समा विधावारिधिसमेत गरेका पाण्डे लामो समयदेखि खेलकुद विज्ञान र अनुसन्धानमा काम गर्दै आएका छन् ।
उनी दक्षिण कोरियाको सिओलस्थित हानयाङ विश्वविद्यालयमा स्पोर्ट्स इन्डस्ट्री एन्ड साइन्स डिभिजनका प्रोफेसरसमेत हुन् । उनै पाण्डेले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको स्पोटर््स साइन्स एन्ड रिसर्च सेन्टरका प्राविधिकलाई प्रशिक्षण गराएका छन् ।
उनले रिसर्च सेन्टरमा रहेको अत्याधुनिक उपकरणलाई कसरी धेरै उपयोगी बनाउन सकिन्छ, ती उपकरण राख्ने तरिका, खेल विशेष अनुसन्धान, रिसर्च सेन्टरका आफ्नै क्याटलग र क्यालेन्डरलगायत विषयमा प्रशिक्षित गराएका थिए ।
प्रोफेसर पोण्डेले विश्व खेलकुदमा स्पोटर््स साइन्स र रिसर्च सेन्टरको प्रयोग पदकमुखी या चोटबाट बच्न गरी दुई वटा उद्देश्य भइरहेको बताए ।
आपूm विगत १८ वर्षमा हरेक वर्षको एक पटक नेपाल आउने गरेको स्मरण गर्दै अहिले नेपाली खेलकुदमा स्पोटर््स साइन्स रिसर्च सेन्टर र हाइ पर्पmमेन्स सेन्टरको स्थापना भएको देख्दा धेरै खुसी लागेको प्रतिक्रिया दिए ।
खेलाडीले कडा प्रशिक्षण गरेर मात्र पदक ल्याउन सहज नहुने उनको धारणा छ । खेलाडीको मिहिनत ९९ प्रतिशत र खेलकुद विज्ञान तथा रिसर्चको एक प्रतिशतले मात्र ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सहज हुने उनको भनाइ छ ।
प्रोफेसेर डा. पाण्डेले खेलकुदको अनुसन्धामा लामो समयदेखि काम गरेको देशले नै ओलम्पिक तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता सफलता पाउने गरेको इतिहास रहेको बताए । अहिले नेपालमा इङ्लिस प्रिमियर लिगमा नै प्रयोग हुने अत्याधुनिक उपकरणहरू आएको देख्दा आफू धेरै खुसी भएको उनले उल्लेख गरे ।
तर, यसको सही तरिकाले प्रयोग हुँदा मात्र नेपाली खेलकुदले राम्रो फड्को मार्न सक्ने उनी बताउँछन् । हरेक खेल र खेलाडी विशेषलाई फरक तरिकाले अनुशान्धन गर्न उनले रिसर्च सेन्टरका प्राविधिकलाई आग्रह गरेका छन् ।
सोही अवसरमा राखेपले प्रोफेसर डा. सिद्धार्थ विक्रम पाण्डेलाई स्पोटर््स साइनस रिसर्च सेन्टरको सल्लाहकारमा नियुक्त गरेको छ ।
राखेप सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रोफेसर पाण्डेलाई नियुक्ती पत्र हस्तान्तरण गरेका थिए ।
सो अवसरमा घिसिङले एउटा विश्व खेलकुदमा विशेष भूमिकाबाट काम गरेको देख्दा सम्पूर्ण नेपाली नै खुसी भएको र अब प्रो. पाण्डे जस्तो विशेषज्ञ नेपाली खेलकुदमा जोडिँदा खेलकुद विकासमा अर्को इटा थपिने विश्वास व्यक्त गरे ।
पाण्डेले पनि आपूmले पाएको जिम्मेवारीअनुरूप नेपाली खेलकुदको विकासमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे । उनले रिसर्च सेन्टरको प्राविधिकलाई अनलाइनमार्पmत सदैव ज्ञान प्रदान गर्न तयार हुने उल्लेख गर्दै अर्को पल्ट नेपाल आउँदा रिसर्च सेन्टरका लागि समय दिने बताए ।
विश्व खेलकुदमा दशकौंदेखि वैज्ञानिक तवरले प्रशिक्षण हुँदै आएको छ । तर नेपालमा भने गत असार अन्तिम सातामा मात्र स्पोटर््स साइन्स रिसर्च सेन्टरको स्थापना हुँदै प्रयोगमा पनि आउन थालेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको कार्यकालमा सुरु भएको यो रिसर्च सेन्टरमा अझै पनि दक्ष प्राविधिक जनशक्तीको अभाव भइरहेको छ ।








