निर्वाचनका लागि आवश्यक श्रोत,साधन उपलब्ध गराउन सरकार प्रतिवद्ध

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इँट्टा थपेको बताएको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो ।

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

उनले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिवद्धता भएको बताए ।

आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको बताए । ‘निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आँकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आग्रह गर्ने, अनुरोध गर्ने कुराहरु भएको छ । सरकारको तर्फबाट आयोगलाई ति सबै श्रोत, साधन उपलब्ध गराउने कुरा प्रतिवद्धता आएको छ । आजको बैठकले निर्वाचन सफल गराउने विषयमा थप इँट्टा थपेको छ । थप वातावरण बनाएको छ । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको छ’ उनले भने ।

उनले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरुसँग छलफल अघि बढाइने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =