ओली र लेखकलाई पक्राउ अभियान चलेपछि काठमाडौँमा बढाइयो सुरक्षा

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी परिसरले असुरक्षित बनेपछि सम्पूर्ण वृत्तलाई फिर्ता बोलाएको छ ।

हामी नेपाल संस्थाका संस्थापक सुधन गुरुङसहितको टोली पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ अभियान चलाएपछि काठमाडौंको सुरक्षा बढाइएको हो ।

आज मात्रै सुदन गुरुङसहितको टोली ओली र लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न भद्रकाली प्रहरी परिसर पुगेका थियो । तर, प्रहरीले जेनजी आन्दोलनको घटनाबारे जाँचबुझ आयोगको काम चलिरहेको हुँदा जाहेरी दर्ता गर्न इन्कार गर्‍यो । त्यसपछि गुरुङको टोलीले ‘सडकबाटै देखाइदिन्छौ’ भन्ने चेतावनीसहित फर्किएको थियो ।

यस घटनापछि काठमाडौं उपत्यका प्रहरी परिसरले ‘भिक्टर कन्ट्रोल’ कल साइनबाट साढे ७ बजे बिटका प्रहरी रिजर्भ फोर्सलाई फिर्ताको आदेश जारी गरेको हो । काठमाडौं उपत्यकामा ६० वटा युनिट रहेका छन् ।

एक प्रहरी अधिकारीले भने–‘बिटमा जनशक्तिका हिसाबले थोरै हुन्छ र साधनस्रोत पनि त्यहीअनुसारको हुने भएकाले फिर्ता बोलाएका हौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =