प्रहरीमा पुग्यो केपी ओली र रमेश लेखकविरुद्ध किटानी जाहेरी, तर दर्ता भएन
२०८२ असोज २० गते

काठमाडौँ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीसमक्ष पुगेका छन् ।
जेनजी अगुवा सुदन गुरुङ लगायतका व्यक्तिहरू सोमबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता गर्न गएका थिए ।
प्रहरी स्रोतका अनुसार, उनीहरूको जाहेरी दर्ता नभएको र जेनजी आन्दोलनको २३ र २४ भदौको घटनाबारे न्यायिक छानबिन समिति बनिसकेको छ, र समिति काम गर्दै गर्दा जाहेरी लिन नमिल्ने प्रतिक्रिया प्रहरीबाट आएको छ ।
प्रहरी स्रोतले भने, ‘उहाँहरू जाहेरी लिएर आउनुभएको थियो । हामीले केहीबेर छलफल गर्यौं । तर, जाहेरी दर्ता भएको छैन ।’ यस क्रममा जेनजी अगुवाहरूले ‘केपी ओली एरेस्ट’ अभियान सुरु गरेका छन् ।
२०८२ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








