बाढी–पहिरो प्रभावितलाई शुद्ध खोनपानी र स्वच्छ खाना सुनिश्चित गर्न मन्त्रालयको अपिल

काठमाडौं । गत शुक्रवार र शनिवारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरूलाई शुद्ध खानेपानी र स्वच्छ खानाको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र सरोकारवालासँग सहकार्य गर्न आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विपद्पछि निम्तिने स्वास्थ्य जोखिमहरू रोक्न सरोकारवाला सबैलाई सक्रिय भुमिका खेल्न आह्वान गरेका छन् । उनले बाढी, डुबान र पहिरोजस्ता विपद्पछि पानीमा डुब्ने, पानीमा बग्ने तथा करेन्ट लाग्ने जस्ता तत्कालीन समस्याहरूको समाधानमा सरकार सक्रिय रहेको उल्लेख गरे ।

उनले विपद्का कारण आउने दीर्घकालीन स्वास्थ्य जोखिमतर्फ सबै सचेत रहन आवश्यक रहेको पनि बताए ।

उनले विपद्पछिको खानपानका कारण स्वास्थ्यमा पर्नसक्ने नकारात्मक प्रभावहरु कम गर्न तथा प्रकोपहरु फैलिन नदिन भाइबर ग्रुप र सामाजिक सञ्जालमार्फत जेनचेतनामूलक सामग्रीहरु प्रशारण तथा प्रकाशन गरिरहेको पनि बताए ।

स्थानीय तहमा २० भन्दा बढी भाषामा जनचेतनामूलक सामग्रीहरू प्रशारण र प्रकाशन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वडा तथा टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूलाई समेत स्वास्थ्य समस्याको रोकथाममा सक्रिय भुमिका खेल्न निर्देशन दिइएको बताए ।

उनले विभिन्न संघसंस्था र जनप्रतिनिधिहरूलाई समेत राहतस्वरुप वितरण गर्ने खानेकुराबाट दीर्घकालीन रुपमा पर्न सक्ने असरहरूबारे विचार गर्न आग्रह गरे ।

गत शुक्रवार र शनिवारको बाढीका कारण पूर्वी नेपालमा ठूलो जनधनको क्षति पुगेको छ । कयौं घरपरिवार विस्तापित भएका छन् ।

वर्षापछि आएको बाढी पहिरो तथा डुबानमा परेकाहरुको उद्धार गरी नजिकका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचार गराइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =