माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्ने भएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको छ ।

बैठकमा महाधिवेशनको कार्यविधि र आयोजक समितिको अन्तिम टुंगोका साथै विभिन्न दलहरूसँग एकताका विषयमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको पहल गर्ने निर्णय गरेको थियो । साथै, विचार मिल्ने अन्य दलहरूसँग पनि मोर्चाबन्दीको पहल गर्ने योजना अघि सारेको छ ।

यसअघि, माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई भंग गर्दै मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि, केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरिएको छ, जसको संयोजक पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =