नक्कली भुटानी शरणार्थी प्रकरणका फरार व्यक्ति पक्राउ
२०८२ असोज १९ गते

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका दाङको तुलसीपुर उपमहानगरपालिका–१६ प्रतिवादी सन्देश शर्मालाई पक्राउ गरेको छ ।
निजलाई ललितपुरबाट पक्राउ गरी कारागार पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
फरार व्यक्ति गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेर फरार रहेका थिए ।
२०८२ असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








