१ सय ३५ गोताखोर, ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन

काठमाडौं । सशस्त्र प्रहरी बल,नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले जल तथा मौसम विज्ञान विभागले एक साता अगावै पूर्वानुमान गरेअनुरुप सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएका हुन् । सोहीअनुसार काम गरेको पनि उनको भनाइ छ ।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण जनशक्तिहरुलाई स्ट्याण्डबाइ राखिएको जानकारी दिए । कुल नेपालभर सात हजार ६ सय १५ जनशक्तिलाई तयारी अवस्थामा राखेको बताए ।
जसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको बताए । देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा ¥याफ्टिङ बोट गरी १ सय २९ वटा बोटलाई विपद्को इलाकामा तैनाथी गरिएको बताए ।
उनले एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचकहरुलाई पनि विपद् व्यवस्थापनमा समन्वय गरेको बताए । ९ सय ९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरुसँग पनि समन्वयात्मक रुपमा काम गरेको बताए ।
काठमाडौं, रौतहट, झापा र इलाममा काम उद्धारको काम गरिरहेको बताए । काठमाडौंको बल्खुस्थित वागमती आसपासमा बसोवास गर्ने सय जनासुकुम्वासीहरुलाई जनविकास मा.वि. बल्खुमा स्थानान्तरण गरिएको बताए ।
रौतहट गजुरा नगरपालिका ५ हरिपुरमा डुबानमा रहेका १९ घरधुरीका ७५ जनालाई स्थानीय जागृति आधारभुत माविमा स्थानान्तरण गरिएको बताए । झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेकोले कुमारी माविमा स्थानान्तरण गरिएको बताए ।
झापाको गौरीगञ्जस्थित झोराबस्तीमा १०५ घरमा पानी पसेकाले उक्त घरमा बसोवास गर्ने मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताए ।
१८ गतेदेखि विपद् उद्धारमा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटहरुबाट ९ हजार ३ सय ४६ जना परिचालन भएको बताए । इलामको इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गरी १ सय ६० जना शसस्त्र प्रहरी कर्मचारीहरु विपद् उद्धारमा परिचालन भएको बताए ।








