रौतहटको महेशपुरमा एक घण्टमा ९४ मिलिमिटर वर्षा

काठमाडौं । पछिल्लो एक घण्टामा सबै भन्दा धेरै वर्षा रौतहटको महेशपुरमा भएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार महेशपुरमा ३ देखि ४ बजे सम्म ९४ मिलिमिटर वर्षा भएको छ । यसलाई अति भारी वर्षाको रुपमा लिइन्छ ।

सो स्थानमा पछिल्लो ३ घण्टामा १ सय ६६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । प्रतिघण्टा ६० मिलिमिटर सम्मको बर्षालाई सामान्य रुपमा लिइन्छ ।

आज शनिवार दिउँसो १ देखि ४ बजेसम्म ३ घण्टाको अवधिमा बारा र पर्साका स्टेसनहरुमा भारी वर्षा रेकर्ड भएको छ ।

त्यसैगरी मुडली पर्सामा १ सय १९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । वीरगञ्जमा ९७ दशमलव ८ मिलिमिटर, बारा कलैयामा १ सय १ र रौतहट गौरमा १ सय ३२ मिलिमिटर वर्षा भएको छ ।

ललितपुरको गोदावरीमा १२ घण्टामा सबै भन्दा बढी १ सय ३ मिलिमिटर बर्षा भएको छ भने काठमाडौंको नैकापमा ८८ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =