धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते
२०८२ असोज १८ गते

सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो ।
बसमा सवार सबै १२ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ ।
२०८२ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








