बागमती र मनोहरा नदीमा बाढीको जोखिम, सतर्कता तह पार

काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ ।

त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ । नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ ।

मौसमविद्हरूका अनुसार, आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ, जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्छ ।

हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ ।

स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =