बाढी–पहिरोको जोखिम बढ्दा प्रधानमन्त्री कार्यालयको आग्रहः उच्च सतर्कता अपनाउनुस्

काठमाडौं । मनसुन सक्रिय भई देशभर बाढी–पहिरोको जोखिम बढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारणदेखि सुरक्षाकर्मी, स्थानीय तहसम्मलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्यालयले असोज २० गतेसम्म देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।

विज्ञप्तिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा नदीनाला, खोलानालाको सतह आकस्मिक रूपमा बढ्न सक्ने, जसले गर्दा बाढी, डुबान, कटान, भूक्षय र पहिरोको सम्भावना रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =