असोज २३ मा फेरी जेनजी आन्दोलन हुने चर्चा, के हो वास्तविकता ?

काठमाडौँ । असोज २३ (अक्टोबर ९) मा पुनः जेनजी आन्दोलन हुने चर्चा भइरहेको छ ।

भदौ २३ र २४ गते देशव्यापी रूपमा चर्चामा आएको जेनजी आन्दोलन असोज २३ गते पनि निरन्तरता दिने चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा फेरी जेनजी आन्दोलन गर्ने तयारी भइरहेको खबर आइरहेका छन् ।

तथापि, आन्दोलनसँग प्रत्यक्ष संलग्न प्रमुख अगुवाहरूले यस्ता हल्लालाई पूर्ण रूपमा खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा फैलिएको हल्लालाई लिएर जेनजी अभियानमा सक्रिय अगुवा युवाहरूले भने अब कुनै पनि आन्दोलनको कार्यक्रम नरहेको बताएका छन् ।

उनीहरूले असोज २३ गते हुने भनिएको आन्दोलनमा जेनजी युवाहरूको सहभागिता नहुने बताइरहेका छन् ।

जेनजीका अगुवा भनिएका युजन राजभण्डारी, तनुजा पाण्डे, रक्षा बम, भावना राउतलगायत व्यक्तिहरूले स्पष्टीकरण दिँदै आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । उनीहरूले हिंसात्मक गतिविधिको न त समर्थन रहेको, न भविष्यमा हुने बताएका छन् ।

भदौ २३ मा माइतीघरमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति लिएका पुरुषोत्तम यादव समूहले पनि असोज २३ मा कुनै कार्यक्रम नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =