जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग प्रधानमन्त्री कार्कीको भेट
२०८२ असोज १६ गते

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गरेकी छन् ।
बिहीवार नेपालीहरुकोमहान पर्व विजया दशमी (बडा दशैँ) का दिन जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गरेकी हुन् ।
यस वर्षको दशैँमा जेनजी पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाएकोहरुको शोकमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा कसैले पनि दशैँको टीका सर्वसाधारणलाई लाइदिएकी छैनन् ।
प्रधानमन्त्री कार्कीले भने दशैँमा ज्यान गुमाएका जेन जी शहीदका परिवारसँग भेट गरेकी छन् ।
प्रधानमन्त्रीले आज अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारजनसँग भेटघाट गरिन् ।
२०८२ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








