नेपाल मलेसियासँग पराजित

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला ट्वेन्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

जितको लागि १०५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि उप कप्तान पुजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८ रन जोडिन् । कविता जोशीले १३ रनको योगदान दिएपनि टिमलाई जिताउन सकिनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रनको योगफल बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =